१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु



काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी निकाय, राष्ट्रिय तथा नेपालस्थित अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको सहभागितामा अभ्यास हातेमालोको आठौँ संस्करण आजदेखि सैनिक मुख्यालय जङगी अड्डामा सुरु भएको छ ।

विपद् व्यवस्थापनसम्बन्धी भइरहेका गतिविधिहरूको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि एवं सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका अभ्यास हातेमालो सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशानालयले जनाएको छ ।

नेपाली सेना युद्धकार्य महानिर्देशक उपरथी अनुपजङ्ग थापाले शुभारम्भ गरेको उक्त अभ्यास मनसुनको समयमा हुन सक्ने सम्भावित बाढी र पहिरोको परिदृश्यमा आधारित रही तीन दिनसम्म सञ्चालन हुनेछ ।

सोही किसिमको कार्यक्रम क्रमिक रूपमा प्रादेशिक र जिल्ला स्तरसम्म सञ्चालन गर्ने योजना रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको समन्वय र गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाले आर्थिक वर्ष २०७५र७६ मा अभ्यास हातेमालो–१ प्रदेश तहमा सञ्चालन गरेको थियो । त्यसपछि जङ्गी अड्डामा वार्षिक रूपमा यो अभ्यास सञ्चालन हुँदै आएको छ ।

कार्यक्रममा रथीवृन्द, विभिन्न मन्त्रालय, गैरसरकारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकाय, अन्य सुरक्षा निकायका प्रतिनिधिहरु र नेपाली सेनाका अधिकृतहरुको उपस्थिति रहेको रहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ८ : ५९ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको