१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

रोशी खोलामा फसेका ५ माइक्रोबससहित ८९ यात्रुको सकुशल उद्धार



काभ्रेपलाञ्चोक । अविरल वर्षापछि पानीको बहाव बढ्दा रोशी खोलामा फसेका पाँच वटा माइक्रोबस र तिनमा सवार ८९ यात्रुको सकुशल उद्धार गरिएको छ । उद्धार कार्य नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी रविन विष्टले उद्धार सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् ।

सोमबार रोशी गाउँपालिका-९ अन्तर्गत लास्कोट र चार सय बेशी क्षेत्रबीच पर्ने नदीको दुई धारबीच माइक्रोबसहरू अड्किएका थिए । तीव्र बहावका कारण यात्रुहरू जोखिममा परेपछि सुरक्षाकर्मीले लामो प्रयासपछि उद्धार अभियान सञ्चालन गरेका थिए ।

डीएसपी विष्टका अनुसार राति करिब १ बजे सबै यात्रु र सवारी साधनको उद्धार गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको हो ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ७ : २७ बजे

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

चितवन । सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम

बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सरकार-चिकित्सक सहमतिपछि आजदेखि अस्पतालका सबै सेवा नियमित

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि

नेदरल्यान्डससँग नेपाल पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार सम्पन्न