२६ श्रावण २०८३, मंगलबार | August 12, 2026

रूपन्देहीको सैनामैनास्थित घमाहा खोलाको पुल भासिँदा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह



बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा रहेको पुल भासिँदा सवारी आवागमन प्रभावित भएको छ । सैनामैना नगरपालिका-५ मा पर्ने उक्त पुल मंगलबार दिउँसो भासिएको हो । पुल भासिएपछि प्रहरीले सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार निर्माणाधीन सडक खण्डमा रहेको पुल भासिँदा आवागमनमा समस्या उत्पन्न भएको हो । उनले पुल मर्मतमा ३ दिनदेखि एक सातासम्म लाग्न सक्ने जानकारी दिए ।

विकल्पका रूपमा सैनामैना-४ स्थित लुम्बिनी रोडको कुश्मा हुँदै बक्सडाँडा भएर अगाडि कलौनी जोड्ने करिब ३ किलोमिटर लामो डाइभर्सन तयार गरिएको छ ।

बुटवल-गोरुसिंगे ५० किलोमिटर सडक विस्तारको क्रममा रहेकोले यसअघि नै सडकमा खाल्डाखुल्डी र अवरोधका कारण यात्रुहरूले सास्ती भोग्दै आएका छन् ।

हाल पूर्वबाट पश्चिमतर्फ जाने सवारीहरू बुटवल-भैरहवा-लुम्बिनी-तौलिहवा हुँदै गोरुसिंगे निस्कने गरेका छन् भने पश्चिमबाट पूर्वतर्फ आउने सवारीहरू गोरुसिंगे-तौलिहवा-लुम्बिनी-भैरहवा हुँदै आवागमन गरिरहेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ५ : ३८ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र