१२ असार २०८३, शुक्रबार | June 26, 2026

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल



सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ गरिएपछि यहाँको गौरीफन्टा नाकाको नेपालतर्फका व्यापारिक गतिविधिहरूमा पछिल्लो समयमा चहलपहल बढेको पाइएको छ ।

पहिले सामान्य किनमेलदेखि धेरै बजार गर्नका लागि पनि स्थानीय नागरिक पारितर्फको बजारमा जाने गरेकामा पछिल्लो समय नेपाल सरकारले रु एक सयभन्दा बढीको सामानमा भन्सार कडाइ गरेपछि अहिले नेपालीतर्फको बजारमा नै किनमेल बढेको छ ।

यसरी नेपालतर्फको बजारमा चहलपहल बढ्नुका साथै व्यवसायमा पनि वृद्धि भएपछि नेपाली व्यवसायीहरू खुसी भएको बताएका छन् । उनीहरूले वर्षौँदेखि सुनसान रहने बजारमा पनि अहिले व्यापारिक गतिविधि बढ्न थालेको जानकारी गराएका हुन् ।

धनगढीका स्टेशनरी व्यवसायी विजयराज पन्तले पहिलेको तुलनामा व्यापारिक गतिविधि केही बढेको बताए । उनले भने, “पहिले नेपाली उपभोक्ताहरु दुई किलो चिनी लिन पनि सीमापारि जान्थे, अहिले पारिका बजार नगई चिनीलगायतका सामान नेपाली बजारबाटै खरिद गर्दा सकारात्मक प्रभाव परेको छ ।” उहाँका अनुसार पहिलेको तुलनामा हालका दिनहरूमा चहलपहल बढेको भए पनि अपेक्षित सुधार भने भइनसकेको अनुभव बताए।

धनगढीका उपभोक्ता कृष्णबहादुर चौधरीले घरमा छोरीको विवाहको तयारीस्वरुप तयारी कपडा किन्न सीमापारि बनगाउँ बजार पुगेर फर्किँदा सीमामा सास्ती खेप्नुपरेको गुनासो गरे । उनले भने, “सीमामा प्रहरी अधिकारीसँग विवाद भयो र ल्याइएका समानको आफूले भन्सार तिरेर लैजान बाध्य भएँ ।”

सीमापारिको बनगाउँ बजारबाट छोरीको विवाहमा चाहिने रु १२ हजार ४०० को तयारी लुगा भित्र्याउँदा भन्सार कार्यालयले सात हजार ९४५ रुपैयाँ कर लिएको उनले बताए। तर सीमा क्षेत्रमा प्रहरीको सम्झाइबुझाई भन्दा पनि दबाब बढी हुने गरेको उनको अनुभव छ ।

विदेशबाट आयात हुने समानमा अधिकतम् खुद्रा मूल्य ९एमआरपी० लेबल अनिवार्य गरिएपछि भन्सार कार्यालयको काम केही प्रभावित पनि भएको छ । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सेनाले पेट्रोलिमय पदार्थमा ५० प्रतिशत छुट दिने सरकारको निर्णयले चैत महिनाको तुलनामा यो महिना पेट्रोलियममा मात्र ३० प्रतिशतले राजस्व सङ्कलन प्रभावित भएको बताए।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ८ : ३१ बजे

घमाहा खोलाको डाइभर्सन बाढीले बगायो, बुटवल-गोरुसिंगे सडक अवरुद्ध

बुटवल । बुटवल-गोरुसिंगे सडकखण्डअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका स्थित घमाहा खोलामा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो)

सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न थप एक साताको म्याद

काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी

स्वर्णिम वाग्ले रास्वपाको उपसभापतिमा निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा डा. स्वर्णिम वाग्ले

नेदरल्याण्ड्स समूह एफको विजेता, जापान उपविजेताका रूपमा नकआउट चरणमा

काठमाडौं । ट्युनिसियामाथि ३-१ को सहज जित निकाल्दै नेदरल्याण्ड्स विश्वकप