३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

सीमामा भन्सार कडाइ : महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान



महेन्द्रनगर । पश्चिम नेपालका नेपाल-भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात हुने मालसमानमा कडाइ गरेपछि कञ्चनपुरको महेन्द्रनगर बजारमा मालवस्तु किनमेलका लागि चहल पहल बढेको छ ।

भारतबाट आायत हुने सामानमा गड्डाचौकी नाकामा भन्सार कडाइ गरेपछि दैनिक उपभोग्यदेखि मालसमान खरिदका लागि सीमावर्ती भारतीय बजार वनबासा जाने क्रम घटेको छ । यसरी हेर्दा दैनिक मालवस्तु किनमेलका लागि लाग्ने गरेको वनबासा बजार सुनसान हुँदा नेपालतर्फका पसलहरुमा चहलपहल बढेको हो ।

गड्डाचौकी र आसपासका क्षेत्रमा केही समययता सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले भन्सार जाँचमा कडाइका साथै १०० रुपैयाँ भन्दा बढीको सामान आयात गर्दा भन्सार राजश्व बुझाउनुपर्ने विषयमा सतर्कता बढाएपछि महेन्द्रनगर बजारमा चहलपहल बढेको हो ।

महेन्द्रनगरका व्यवसायी इन्द्रबहादुर बमले सीमामा भएको भन्सार कडाइका कारण नेपालतर्फको महेन्द्रनगर बजारमा किनमेल बढेको बताए । उनले मानिसहरु पहिले भारतीय बजारमा सामान सस्तो पाइनेभन्दा स्थानीयहरु बजारका लागि पारि जाने गरेकोमा अहिले त्यस्तो नहुने रहेछ भन्ने तथ्य पनि उनीहरुले बझ्न थालेको बताए । उनले सामान्य घरायसी सामान खरिद गर्न पनि पारि बजार जाने प्रचलनजस्तै रहेको बताए ।

विगतको तुलनामा बजारमा गतिविधि बढे पनि भन्सार कडाइमा सुरक्षा निकायदेखि उद्योग वाणिज्य सङ्घको समेत सशक्त भूमिका हुनुपर्ने उनको भनाइ छ । उनले पछिल्लो समय पुनः घरका लागि पुजाका लागि भनेर सामान ल्याउन खोज्नेहरु सलबलाउन थालेको पनि बताए ।

उता सीमावर्ती भारतीय बजार वनबासा सदियौँदेखि नेपाली उपभोक्ताहरुमा आश्रित बजार हो । नेपाली भन्सारमा कडाइ हुँदा वनबासा बजारको व्यापार भने प्रभावित बनेको भारतीय व्यापारीहरुको भनाइ छ ।

वनबासाबाट साइकलमा क्यारिङ गरेर मालसमान महेन्द्रनगर र आसपासका बजारसम्म पु¥याउने गतिविधि पनि बन्द भएको छ । गड्डाचौकी भन्सारबाट दैनिक उपभोग्य सामानका साथै लत्ताकपडा, इलेक्ट्रिक सामानलगायतका हुने गरेको छ ।

नेपाल–भारत मैत्री सङ्घका महासचिव माधव जोशीले सीमामा भएको कडाइले केही समय नागरिकलाई असहज भएजस्तो देखिए पनि समग्रमा राज्यलाई फाइदा पुगेको बताए ।

उनले व्यापारका साथै स्वदेशमा रोजगारीसमेत बढ्ने भएकाले भन्सार कडाइलाई नियमनकारी निकायलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले भारतमा मजदुरी गरेर फर्किरहेका नेपाली नागरिकहरुलाई सीमामा कडाइका नाममा सास्ती दिन नहुने बताए । ‘भारतमा मजुदरी गरेर फर्किरहेका दाजुभाइहरुसित पनि सर-सामानहरु हुन्छ, भन्सार दाखिलाका नाउँमा उहाँहरुले दुखः पाउनु हुँदैन, उनले भने । “क्यारिङ्क गरेर सामान ल्याउने विषयमा पनि कडाइ गर्नुपर्ने देखिन्छ ।”

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ९ : ५१ बजे

प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल, प्रधानमन्त्रीको उपस्थितिबारे अन्योल

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

बिपी राजमार्ग तथा हिल्सा-सिमकोट सडकखण्ड बन्द

काठमाडौं । सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक-सिन्धुलीस्थित

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा

१० दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजबाट सुचारु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

लुकाइछिपाई नेपालगन्ज लैजाँदैगरेको शंकास्पद मासु सहित एकजना पक्राउ

खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा शंकास्पद मासु सहित १