१६ भदौ २०८३, मंगलबार | September 1, 2026

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ, साठी पहल’ शीर्षकको रणनीतिक कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गरेको छ ।

महासङ्घको ६०औँ वार्षिक साधारणसभाबाट निर्वाचित २१औँ अध्यक्ष श्रेष्ठको पद बहालीसँगै उक्त कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने निर्णय गरिएको महासंघले जनाएको छ ।

महासङ्घले निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम तयार गरिएको जनाएको छ । ‘छ स्तम्भ, साठी पहल’ कार्यक्रममार्फत निजी क्षेत्रको साझा आवाजलाई थप प्रभावकारी, विश्वसनीय र परिणाममुखी बनाउने लक्ष्य राखिएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार कार्यक्रमअन्तर्गत प्रत्येक स्तम्भमा कार्यान्वयनयोग्य पहल, समय सीमा, जिम्मेवारी निर्धारण तथा अपेक्षित उपलब्धिसहितको विस्तृत कार्ययोजना तयार गरिएको छ । उनले महासङ्घको सेवा प्रवाह सुदृढीकरण, डिजिटल प्रणाली विकास, नीति पैरवीको प्रभावकारिता वृद्धि, सङ्घीय संरचनाअनुसार सदस्य संस्थासँग समन्वय, युवा उद्यमशीलता तथा नवप्रवर्तन प्रवर्द्धन, अन्तरराष्ट्रिय व्यापार विस्तार तथा आर्थिक कूटनीतिक सम्बन्ध मजबुत बनाउने बताए ।

महासङ्घले पहिलो स्तम्भअन्तर्गत सदस्यलाई प्रदान गरिने सेवा विस्तार तथा सञ्जाल सुदृढीकरणमा जोड दिएको छ । दोस्रो स्तम्भमा आर्थिक सुधार तथा सुशासनलाई प्राथमिकता दिएको छ । महासङ्घले सार्वजनिक नीति, अर्थतन्त्र, व्यापार तथा कानुन अनुसन्धान शाखा स्थापना गर्ने, कानुन डेस्क सञ्चालन गर्ने तथा बजेट र मौद्रिक नीतिमा निजी क्षेत्र केन्द्रित सुझावपत्र तयार गर्ने जनाएको छ ।

तेस्रो स्तम्भमा प्रतिस्पर्धात्मकता वृद्धि तथा औद्योगिक विस्तारमा केन्द्रित कार्यक्रम राखिएको छ । चौथो स्तम्भअन्तर्गत विकास साझेदारी, सीप विकास, महिला उद्यमशीलता, प्रवासी नेपालीको लगानी सहजीकरण तथा हरित वित्त र दिगो विकास लक्ष्यअनुरूप निजी क्षेत्र कार्यक्रम अघि बढाइने महासङ्घले जनाएको छ ।

पाँचौँ स्तम्भमा श्रम, सीप तथा उत्पादकत्व सुधारका कार्यक्रम समावेश छन् । छैटौँ स्तम्भमा निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धनलाई केन्द्रमा राखिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ५ : १३ बजे

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ५६ जना पुग्यो, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार,

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त