२० कार्तिक २०८३, शुक्रबार | November 7, 2026

अमेरिकी सेनाद्वारा हर्मुज जलडमरूमध्य खोल्ने प्रयास, इरानसँग तनाव बढ्दै



एजेन्सी । संयुक्त राज्य अमेरिकाले हर्मुज जलडमरूमध्य पुनः खुला गर्ने प्रयासका क्रममा इरानी शक्तिहरूमाथि कारबाही गरेको जनाएको छ । यस घटनाले क्षेत्रीय तनावलाई थप बढाएको छ भने संयुक्त अरब इमिरेट्स ९यूएई० पनि आक्रमणको चपेटामा परेको बताइएको छ ।

अमेरिकी सेनाका अनुसार सोमबार गरिएको कारबाहीमा इरानी पक्षका छ वटा साना नौकाहरूलाई निशाना बनाइएको थियो, जसले नागरिक जहाजहरूलाई लक्षित गरेको आरोप लगाइएको छ । अमेरिकी सैन्य स्रोतहरूले दुई अमेरिकी झण्डा बोकेका व्यापारी जहाजहरू सुरक्षित रूपमा जलडमरूमध्य पार गर्न सफल भएको बताएका छन् ।

यसैबीच, यूएईको रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले १५ मिसाइल र चार ड्रोन रोक्न सफल भएको जनाएको छ । पूर्वी फुजैराह क्षेत्रमा एक ड्रोन आक्रमणका कारण तेल सुविधामा आगलागी भएको र तीन जना भारतीय नागरिक घाइते भएको बताइएको छ ।

ब्रिटिश सैन्य निकायले पनि यूएई नजिक दुई कार्गो जहाजमा आगलागी भएको जानकारी दिएको छ ।

इरानले भने घटनाबारे प्रत्यक्ष पुष्टि वा अस्वीकार नगरी कूटनीतिक प्रतिक्रिया दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका र यूएईलाई ‘नयाँ द्वन्द्वमा नपर्न’ चेतावनी दिनुभएको छ । इरानी राज्य सञ्चारमाध्यमले भने यूएईलाई लक्षित गर्ने कुनै योजना नरहेको दाबी गरेको छ ।

इजराइल–अमेरिका–इरानबीचको तनावबीच हर्मुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मार्ग मानिन्छ । पछिल्लो घटनाले युद्धविराम कमजोर हुँदै गएको सङ्केत दिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् ।

अमेरिकी अधिकारीहरूले जलडमरूमध्यमार्फत व्यापारिक मार्ग सुरक्षित गर्न आफ्नो प्रयास जारी रहने बताएका छन् भने क्षेत्रीय देशहरूलाई थप तनाव नबढाउन आग्रह गरिएको छ ।
यस घटनाले मध्यपूर्वको सुरक्षा अवस्था पुनः संवेदनशील बनेको र विश्व बजारमा ऊर्जा आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  १ : ३५ बजे

चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक केसी

काठमाडौँ । प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीद्धारा सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले पद तथा

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थन फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका

नेपाल सरकार र टिकटक प्रतिनिधिबीच सहकार्यका विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका सरकारी