२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै



नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय पुनःसञ्चानलमा आउने भएको छ । भन्सार विभागका निर्देशक किशोर बर्तौलाले नेपालगन्ज भन्सारअन्तर्गत रहेर नरैनापुर छोटी भन्सार सञ्चालनमा आउने जानकारी दिँदै भौतिक पूर्वाधार निर्माण र कर्मचारी व्यवस्थानको काम भइरहेको बताए ।

“यो छोटी भन्सार अस्थायी पैठारी र घरायसी सामान ल्याउनका लागि मात्रै प्रयोगमा आउने हो”, उनले भने । भन्सार नियमावली, २०८३ मा बाँकेको नरैनापुरस्थित छोटी भन्सार स्थापना हुने उल्लेख भएपछि यस क्षेत्रका स्थानीय व्यवसायी तथा व्यापारी खुसी देखिएका छन् ।

सात वटा छोटी भन्सार रहेको बाँकेमा अन्य कार्यालय बन्द भए पनि नरैनापुरको छोटी भन्सार पुनःसञ्चालनका लागि तयारी गरिएको भन्सार कार्यालय नेपालगन्जका प्रमुख जर्नादन पौडेलले जानकारी दिए । “यहाँ रहेका सात वटा छोटी भन्सारमध्ये नरैनापुरको मात्रै अहिले सञ्चालनमा आउनेगरी तयारी भएको छ”, उनले भने । अवैध समान ओसारपसारका लागि यो भन्सारको दुरुपयोग हुनसक्ने जोखिम भने रहेको उल्लेख गर्दै उनले भन्सार जाँचलाई कडाइ गरिने बताए । नरैनापुरबाट आलु, प्याज र केही पशु आउन सक्ने उनको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घ नेपालगञ्जका वरिष्ठ उपाध्यक्ष चीरञ्जीवी ओलीले छोटी भन्सार पुनः सञ्चालनमा आउनु स्थानीय व्यवसायीका लागि उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । मुख्य भन्सारबाट आउने सामान छोटी भन्सारबाट नआउने तर्क गर्दै उनले राजस्व सङ्कलन बढ्नुका साथै तस्करी नियन्त्रणमा सघाउ पुग्ने उल्लेख गरे ।

सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नरैनापुर छोटी भन्सार अहिलेको अवस्थामा स्थापना भए डिजिटल प्रणालीमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै त्यसले जमुहनाह नाकामा हुने घुइँचो घटने विश्वास व्यक्त गरे । उनले छोटी भन्सारबाट राज्यले नाफा लिन सक्ने अवस्था हुनुपर्ने उल्लेख गर्दै नरैनापुर छोटी भन्सार पारदर्शी रूपमा सञ्चालनमा आउनुपर्नेमा जोड दिए ।

“चोरी, निकासी बन्द हुनुपर्छ र आसपासका स्थानीयले यसको फाइदा लिनुपर्छ । यसले गर्दा राज्यलाई राजश्व सङ्कलनमा पनि थप टेवा पुग्ने छ”, श्रेष्ठले भने । सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले नेपालगन्ज्का व्यवसायीका लागि यो सकारात्मक अवसर भएको उल्लेख गर्दै अवैध व्यापार निरुत्साहित हुने धारणा राखे ।

द्वन्द्वकालमा यहाँ सञ्चालनमा रहेका सात वटा छोटी भन्सार सुरक्षा सम्वेदनशीलताका कारण बन्द भएका थिए ।

फोटो : आलम खान

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ९ : २४ बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम