१६ असार २०८३, मंगलबार | July 1, 2026

दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अघि बढ्न न्यायकर्मीहरूलाई कामु प्रधानन्यायाधीसको आह्वान



काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अदम्य साहसका साथ अघि बढ्न सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वान गरेकी छन् । शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेकी हुन् ।

उनले न्यायाधीशहरूलाई कुनै पनि डर र प्रभावबाट मुक्त भएर न्याय सम्पादन गर्न आग्रह गरिन् ।

‘डर र प्रभावमा न्याय सम्भव छैन,’ उनले भनिन्, ‘चाहे त्यो दुई तिहाइ सरकारको डर नै किन नहोस्। चाहे त्यो महाभियोगको डर नै किन नहोस्।’

उनले संरचना भत्काएर परिवर्तन रोज्ने बाहना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको धित मर्ने भएपनि विधिको अपेक्षा राख्नेहरूको सपना भंग हुने बताइन् ।
मल्लले अख्तियारी र विधिको प्रयोगको बहानामा संवैधानिक सर्वोच्चता र न्यायको सार्वभौमसत्तालाई शिथिल बनाएर ‘आज्ञाकारी न्यायपालिका’ बनाउने प्रयास त भइरहेको छैन ? भन्दै प्रश्न समेत उठाइन्।

विधिको शासनविरुद्ध षडयन्त्र गर्नेविरुद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता सबैले देखाउन सक्नुपर्ने उनले जनाइन् । संविधान यथास्थितिमा राखेर संविधानको विरुद्ध गरिने काम क्रान्ति वा परिवर्तन हुन नसक्ने उल्लेख गर्दै उनले संविधानको विरूप पारेर संविधानको सरोकारवाला सञ्चालकहरूको रूप सिँगार्न नसकिने स्पष्ट पारिन् ।

कामु प्रधान न्यायाधीस मल्लले गम्भीर एवं कहालीलाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हकअधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम सञ्चार, नागरिक समाज लगायत सबै सरोकारवाला संस्था एवं व्यक्तिहरूलाई अपिल गरिन् ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ५ : २० बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी