८ कार्तिक २०८३, आइतबार | October 26, 2026

न्यायाधीश मल्ल २० दिन बिदामा



काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल बिदामा बसेको जानकारी दिएका हुन् ।

नवनियुक्त प्रधानन्यायाधीश डा। मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल बिदामा बसेकी हुन् । यसअघि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीशका रूपमा मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

तर संवैधानिक परिषद्ले आफूभन्दा जुनियर रहेका डा। शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेपछि मल्ल असन्तुष्ट रहेको चर्चा थियो ।

डा। शर्माले मंगलबार संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि सोही दिन शपथ ग्रहण गरी पदभार ग्रहण गरेका थिए । शपथ ग्रहण समारोहमा भने न्यायाधीश मल्ल सहभागी भएकी थिइनन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ११ : ०४ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको