२७ बैशाख २०८३, आइतबार | May 10, 2026

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा



बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत आईतवार भएको खेलमा अभिशेक चर्च, नवलपुर विजयी भएको छ ।

चर्चले आयोजक विस पचहत्तर युवा परिवारलाई ४(० गोल अन्तरले पराजित गरेको हो । यो जितसंगै चर्च अन्तिम चारमा पुगेको छ । सिद्धेश्वर खेलमैदानमा भएको खेलमा अभिशेष चर्चका लागी रेखा विष्ट र अनिता रानामगरले २-२ गोल गरेका हुन् । खेलको पहिलो हाफको ३२ औ मिनेटमा चर्चले पहिलो गोल गरेको थियो । चर्चकि जर्सी नं. ९ कि अनिता रानामगरले टिमका लागी पहिलो गोल गरेकि हुन् ।

खेलको दोस्रो हाफको १० औ मिनेटमा चर्चकि जर्सी नं. १० कि रेखा विष्टले टिमका लागी दोस्रो गोल गरेकि थिईन् । त्यसको ७ औ मिनेटपछि अभिशेष चर्चका लागी अनिताले व्यक्तिगत दोस्रो तथा टिमका लागी तेस्रो गोल गर्न सफल भइन् । अभिशेषका लागी भएको चौथो गोल रेखा विष्टले गरिन् ।

खेलमा अभिशेक चर्चकि अनिता रानामगरले प्लेर अफ द म्याच हुदै नगद ५ हजार प्राप्त गरिन् ।सोमवार नेपाल पुलिस क्लब, काठमान्डौ र हेटौडा फुटवल क्लब, मकवानपुरकावीच हुने सचिव दिपक गुरुङले जनाएका छन् ।

बीस पचहत्तर युवा परिवारको आयोजनामा भएको प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ र दोस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलको प्लेअर दि म्याच हुने खेलाडीले ५ हजार नगद पाउने छन् ।

प्रतियोगिता हेर्न आउने दर्शकका लागि करिब ३ हजार क्षमता भएको अस्थायी प्याराफिट निर्माण गरिएको छ । जेठ २ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी रहेको छ । प्रतियोगितामा गत वर्षको विजेता ट्रिनेटी युवा क्लब वालिङ, उपविजेता राइजिङ स्टार क्लब कपिलवस्तु, पद्मा स्पोट्र्स क्लब ओखलढुंगा, आरएस क्लब पोखरा, नेपाल पुलिस क्लब काठमाडौं, संकटा क्लब काठमाडौं, मकवानपुर फुटबल एकेडेमी हेटौडा र आयोजक बीस पचहत्तर युवा क्लबले सहभागी जनाएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ११ : ०४ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको