६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

टर्किस एयर विमान आगलागी : अन्तर्राष्ट्रिय उडान प्रभावित, ४ बच्चासहित २७७ यात्रु सबै सकुशल



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएपछि अन्तर्राष्ट्रिय उडान तथा अवतरण प्रभावित भएका छन् ।

इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको टीके-७२६ नम्बरको विमान आज बिहान अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो । आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानमा सवार चार बालबालिकासहित २७७ यात्रु सबै सकुशल रहेका छन् । यात्रुहरूलाई आपत्कालीन ढोका प्रयोग गरेर उद्धार गरिएको थियो । उद्धारका क्रममा केही यात्रु सामान्य घाइते भएका छन् ।

आगलागीपछि विमान धावनमार्गमै रोकिएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरूको नियमित अवतरण तथा उडान तालिकामा असर परेको छ । विमान हटाउने काम जारी रहेको विमानस्थल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ८ : ०७ बजे

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा