१३ असार २०८३, शनिबार | June 27, 2026

टर्किस एयर विमान आगलागी : अन्तर्राष्ट्रिय उडान प्रभावित, ४ बच्चासहित २७७ यात्रु सबै सकुशल



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएपछि अन्तर्राष्ट्रिय उडान तथा अवतरण प्रभावित भएका छन् ।

इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको टीके-७२६ नम्बरको विमान आज बिहान अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो । आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानमा सवार चार बालबालिकासहित २७७ यात्रु सबै सकुशल रहेका छन् । यात्रुहरूलाई आपत्कालीन ढोका प्रयोग गरेर उद्धार गरिएको थियो । उद्धारका क्रममा केही यात्रु सामान्य घाइते भएका छन् ।

आगलागीपछि विमान धावनमार्गमै रोकिएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरूको नियमित अवतरण तथा उडान तालिकामा असर परेको छ । विमान हटाउने काम जारी रहेको विमानस्थल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ८ : ०७ बजे

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई