१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

बजेट तयारीका लागि आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदन अर्थमन्त्रीलाई बुझाइयो



काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि आवश्यक आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई बुझाइएको छ ।

सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्ल पौडेलले अर्थ मन्त्रालयमा पुगेर उक्त प्रतिवेदन अर्थमन्त्री समक्ष पेश गरेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार बैंकले देशको आर्थिक तथा वित्तीय अवस्थाबारे नेपाल सरकारलाई नियमित प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ । ऐनको दफा ६९ (४)मा वार्षिक बजेट तर्जुमाका लागि आवश्यक आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

अर्थ मन्त्रालयका अनुसार प्रस्तुत प्रतिवेदन आगामी बजेट निर्माण तथा आर्थिक नीति तय गर्न महत्वपूर्ण आधारका रूपमा प्रयोग गरिनेछ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १ : ५० बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको