२८ बैशाख २०८३, सोमबार | May 11, 2026

बजेट तयारीका लागि आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदन अर्थमन्त्रीलाई बुझाइयो



काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि आवश्यक आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई बुझाइएको छ ।

सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्ल पौडेलले अर्थ मन्त्रालयमा पुगेर उक्त प्रतिवेदन अर्थमन्त्री समक्ष पेश गरेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार बैंकले देशको आर्थिक तथा वित्तीय अवस्थाबारे नेपाल सरकारलाई नियमित प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ । ऐनको दफा ६९ (४)मा वार्षिक बजेट तर्जुमाका लागि आवश्यक आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

अर्थ मन्त्रालयका अनुसार प्रस्तुत प्रतिवेदन आगामी बजेट निर्माण तथा आर्थिक नीति तय गर्न महत्वपूर्ण आधारका रूपमा प्रयोग गरिनेछ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १ : ५० बजे

प्रतिनिधिसभा बैठक : आठ अध्यादेश पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न आठ अध्यादेश पेस भएका

मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन २०८३ बाट १५ बुँदे बुटवल घोषणापत्र जारी

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न “मिडिया

विद्यार्थी संगठनमाथिको प्रतिबन्धमा सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको

श्रम संसार ‘एप’मा जोडिन निर्देशन

काठमाडौँ । वैदेशिक रोजगार विभागले कामदार पठाउने इजाजत प्राप्त संस्थाहरुलाई

संसदमा नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहनको मुद्दा किन नलाग्ने ?

काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले सरकार निरंकुशतातर्फ उन्मुख