१४ असार २०८३, आइतबार | June 28, 2026

संसदमा नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहनको मुद्दा किन नलाग्ने ?



काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले सरकार निरंकुशतातर्फ उन्मुख भएको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकलाई आत्महत्या गर्न बाध्य बनाउने सरकारलाई आत्महत्या दुरुत्साहनको मुद्दा किन नलाग्ने भन्दै प्रश्न गरेका छन् । उनले संवैधानिक परिषद्सम्बन्धी निर्णयसम्मका विषयमा समेत संसद्मा जवाफ माग गरेका छन् ।

दुलालले सरकारको कार्यशैली लोकतान्त्रिक मूल्यविपरीत रहेको टिप्पणी गरे । दुलालले सुकुम्बासी बस्ती हटाउने क्रममा भएको ‘डोजर आतंक’ ले नागरिकलाई आत्महत्यासम्म गर्न बाध्य बनाएको आरोप लगाए । उनले इन्द्रबहादुर राईको आत्महत्यालाई उल्लेख गर्दै सरकारले यसबारे नैतिक र कानुनी जिम्मेवारी लिनुपर्ने बताए ।

“डोजर आतंकबाट नागरिकलाई आत्महत्या गर्न बाध्य बनाइएको छ । इन्द्रबहादुर राईले आत्महत्या गर्दा सरकारलाई आत्महत्या दुरुत्साहनको मुद्दा लाग्ने कि नलाग्ने ?” उनले प्रश्न गरे ।

उनले विधिको शासनको नारा लिएर बनेको सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्दै संसद् र जनप्रतिनिधिको भूमिकामाथि नै उपहास गरेको आरोपसमेत लगाए । दुईतिहाइ नजिकको बहुमत हुँदाहुँदै सरकारले संसद्को प्रक्रियालाई छलेर अध्यादेश ल्याएको उनको भनाइ थियो ।

प्रधानन्यायाधीश सिफारिस प्रक्रियातर्फ सङ्केत गर्दै दुलालले संवैधानिक परिषद्मा सीमित सदस्यको उपस्थितिमा गरिएको निर्णयले संवैधानिक अदालतलाई नै चुनौती दिएको दाबी गरे । उनले परिषद्का अन्य सदस्यको मत र सहमतिलाई बेवास्ता गरिएको भन्दै सरकार लोकतन्त्रको उन्नतितर्फ नभई निरंकुशतातर्फ अघि बढेको आरोप लगाए ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ३ : ०९ बजे

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा

कोलम्बिया र पोर्चुगल गोलरहित बराबरीमा, दुवै टोली नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को अन्तिम

बेलिङघम र केन चम्किँदा इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश

काठमाडौं । जुड बेलिङघम र कप्तान ह्यारी केनको गोलमा इंग्ल्यान्डले

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा

काठमाडौं । निकोला भ्लासिचको खेलको उत्तरार्धमा गरेको निर्णायक गोलको मद्दतले