१६ भदौ २०८३, मंगलबार | September 1, 2026

ईक्यान रुपन्देही र होटल पार्म इन्टरनेसनलबीच छुट सुविधा सम्बन्धी सम्झौता



बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र होटल पार्म इन्टरनेसनल बुटवलबीच विशेष छुट सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार ईक्यानसँग आबद्ध सदस्य, कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूले होटलका विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्नेछन् ।

सम्झौता कार्यक्रममा बोल्दै ईक्यान रुपन्देहीका अध्यक्ष गोविन्द वस्नेतले आगामी दिनमा पनि सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताए । उनले यस्ता सहकार्यले शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे ।

होटल पार्म इन्टरनेसनल बुटवलका सञ्चालक सुरज खरालले दुवै पक्षबीच भएको सहमतिले शैक्षिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई सहज तथा गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताए ।

कार्यक्रममा ईक्यान रुपन्देहीका उपाध्यक्ष दिपेश अर्याल, कोषाध्यक्ष राम खरेल, कार्यसमिति सदस्यहरू किरण राना, राम खड्का, शिव पौडेल, जीडी सिखर धिताललगायतको उपस्थिति रहेको थियो ।

यस सहमतिसँगै ईक्यानका सदस्यहरूले होटलको सेवा उपयोग गर्दा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  २ : २७ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि