१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट



काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४४ दशमलव ४० मा सीमित भएको छ । यो एक दशमलव ४१ प्रतिशतले गिरावट हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १५ अङ्कले ओरालो लागेर ४६९ दशमलव २६ मा सीमित भएको छ । कुल एक करोड छ लाख ७८ हजार ५५० कित्ता सेयर रु चार अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर कम्पनी, शिवम् सिमेन्ट र एवाइ प्यानल लिमिटेड शीर्षस्थानमा छ । नेप्सेका अनुसार, धौलागिरि लघुवित्त वित्तीय संस्था, एसबिएल डिबेन्चर, एनआइबिएल समृद्धि फन्ड दोस्रो, एनआइसी एसिया डिबेन्चर र नेपाल एसआइबी बैंक डिबेन्चरका लगानीकर्ताले कमाए ।

यस्तै, फस्ट माइक्रोफाइनान्स लघुवित्त, कुमारी धनवृद्धि योजना, झापा इनर्जी, आत्मनिर्भर लघुवित्त र होट फरेस्ट इनका लगानीकर्ताले भने गुमाएका छन् ।

कारोबार भएका कुल कम्पनीमध्ये १३ वटाको उकालो लाग्दा २५१ कम्पनीको ओरालो लागेको छ । यस्तै, पाँच कम्पनीको भने सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ४ : ०८ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको