१० भदौ २०८३, बुधबार | August 26, 2026

प्राविधिकतर्फ बुटवलको कालिका मानवज्ञान नेपाल प्रथम



बुटवल । बुटवल-१०, रुपन्देहीस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयएसईई परीक्षा २०८२ मा प्राविधिक धार तर्फ नेपाल प्रथम भएको छ ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार प्राविधिकधार तर्फ सहभागी ४७ जना विद्यार्थी सबैजना उत्तीर्ण भएका हुन सत प्रतिशत नतिजा प्राविधिक धारतर्फ को नतिजा अनुसार नेपाल प्रथम भएको हो ।

विद्यालयमा कम्प्युटर ईन्जिनियरिङ तर्फ यस वर्ष एसईइ परीक्षामा सहभागी कुल ४७ जना विद्यार्थीमध्ये सबै विद्यार्थी उत्तीर्ण भएका छन । जसमा २ जना विद्यार्थीले ४.० जिपिए ल्याएका छन् भने २७ जनाले ३.६ देखि ३.९८ जिपिएहासिल गरेका छन्। त्यस्तै १५ जना विद्यार्थीले ३.२ देखि ३.५९ जिपिए प्राप्त गरेका छन् भने ३ जनाले २.८ देखि ३.१९ जिपिए ल्याएका छन् ।

प्राविधिक शिक्षातर्फ नेपाल प्रथम बनेको विद्यालय साधारणतर्फ पनि सामुदायिक विद्यालयमा नेपाल दोस्रो र लुम्बिनी प्रदेश स्थान हासिल गर्दै नयाँ कीर्तिमान कायम गरेको छ ।

विद्यालय प्रशासनले यस उपलब्धिलाई विद्यार्थीको मेहनत, शिक्षकहरूको समर्पण तथा अभिभावकको सहयोगको परिणाम भएको जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार यो सफलता हाम्रो सम्पूर्ण कालिका परिवारको सामूहिक प्रयासको फल हो । आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्यका साथ हामी अगाडि बढ्ने थप हौसला प्रदान गरेको छ । उपलब्धिले विद्यालयलाई मात्र नभई सम्पूर्ण रुपन्देही जिल्ला र लुम्बिनी प्रदेशलाई समेत गर्व गर्ने अवसर प्रदान गरेको विद्यालयका प्रधानाध्यापक थापाले बताए ।

स्थानीय तहका जनप्रतिनिधि, शिक्षाप्रेमी तथा सरोकारवालाहरूले विद्यालयको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रगति गर्ने विश्वास व्यक्त गरेका छन् ।

यसरी कालिका मानवज्ञान माविले प्राविधिक र साधारण दुवै धारामा उत्कृष्ट नतिजा ल्याउँदै नेपालकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा आफ्नो पहिचान अझ मजबुत बनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १० : १७ बजे

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र