१० भदौ २०८३, बुधबार | August 26, 2026

प्रधानमन्त्री अनुपस्थित रहे संसद् बहिष्कार गर्ने प्रतिपक्षी दलको चेतावनी



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले नदिए प्रतिनिधिसभाको बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै कांग्रेस सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिले संसदीय परम्परा र मर्यादामाथि प्रश्न उठेको बताए।

उनले प्रधानमन्त्रीले सदनप्रति उपेक्षापूर्ण व्यवहार गरेको आरोप लगाउँदै नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसबारे उठेका जिज्ञासाको जवाफ पनि प्रधानमन्त्री स्वयंले दिनुपर्ने धारणा राखे। प्रधानमन्त्री उपस्थित नभई अन्य मन्त्रीले जवाफ दिए त्यसलाई स्वीकार गर्न नसकिने उनले स्पष्ट पारे।

केसीले प्रधानमन्त्रीले संसदीय मूल्य, मान्यता र अभ्यासलाई बेवास्ता गरेको भन्दै जवाफ दिने समयमा पनि प्रधानमन्त्री अनुपस्थित रहे कांग्रेस बैठकमा सहभागी नहुने बताए।

उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बीचमै उठेर हिँडेको घटनालाई समेत संसदीय मर्यादाविपरीत भएको टिप्पणी गरे।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १ : १४ बजे

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी

भोटेकोशी बाढीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको भोटेकोशी बाढीबाट उत्पन्न

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको