१० भदौ २०८३, बुधबार | August 26, 2026

प्रधानमन्त्रीको उपस्थिति माग गर्दै विपक्षीको अवरोध, प्रतिनिधिसभा दोस्रोपटक स्थगित



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गरेपछि प्रतिनिधिसभाको बुधबारको बैठक दोस्रोपटक १५ मिनेटका लागि स्थगित गरिएको छ।

बुधबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरी त्यसमाथि छलफल सुरु गर्ने कार्यसूची तय गरिएको थियो। प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम टेबल गर्ने तयारी गरिएपछि विपक्षी दलहरुले संसद अवरोध गर्दा पहिलोपटक बैठक स्थगित भएको थियो । प्रधानमन्त्री स्वयं उपस्थित नभएको भन्दै विपक्षी दलहरूले प्रारम्भमै विरोध जनाउँदै सदन अवरुद्ध गरेका थिए।

सभामुख डीपी अर्यालले दलहरूसँग छलफल गरेपछि अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका थिए।
त्यसपछि भने नीति तथा कार्यक्रम टेबल भएपछि छलफल सुरु गर्ने क्रममा विपक्षी दलहरूले प्रधानमन्त्रीको अनिवार्य उपस्थितिका लागि सभामुखबाट स्पष्ट रुलिङ हुनुपर्ने माग गर्दै पुनः संसद् अवरुद्ध गरे।

लगातारको अवरोधपछि सभामुख अर्यालले बैठक दोस्रोपटक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ३ : ५५ बजे

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न