१० भदौ २०८३, बुधबार | August 26, 2026

तेस्रो पटक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित



काठमाडौं । प्रतिनिधिसभाको तेस्रो बैठक पनि अवरुद्ध भएको छ ।

सभामुख डीपी अर्यालले बैठक संचालन गर्न खोज्दा प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाए पछि भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको छ।

यसअघि आज बिहान ११ बजेबाट सुरु भएको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्ने क्रममा प्रतिपक्षी दलका सांसदहरुले प्रधाननमन्त्रीको उपस्थित नभएसम्म बैठक अघि बढ्न नसक्ने भन्दै अवरोध गरेका थिए । त्यसपछि पहिलो पटक स्थगित भएको बैठक दोस्रो पटक पनि अवरोधपछि स्थगित भएको थियो ।

सरकारको नीति तथा कार्यक्रम छलफलका लागि टेबल गर्न प्रतिपक्षी दलहरु सहमत भएपनि प्रधानमन्त्रीलाई जवाफ दिनका लागि उपस्थित हुन रुलिङ गर्नुपर्ने माग प्रतिपक्षी दलहरुले गरेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ५ : ४१ बजे

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न