५ श्रावण २०८३, मंगलबार | July 22, 2026

प्यारामाउण्ट बोर्डिङ स्कूलद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित



बुटवल । रुपन्देहीको तिलोत्तमा-१ नयाँमिलस्थित प्यारामाउण्ट बोर्डिङ स्कूलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले एक कार्यक्रम आयोजना गरी उच्च अंकसहित एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्दै बधाई तथा शुभकामना प्रदान गरेको हो ।

यस वर्ष विद्यालयबाट ६ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् भने विद्यालयका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट ४७ जना विद्यार्थीले ए प्लस, ६३ जनाले ए, ३३ जनाले बी प्लस तथा ६ जनाले बी ग्रेड हासिल गरेका छन् ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले विद्यालय सफल हुनका लागि उत्कृष्ट नतिजासँगै असल अभ्यास पनि आवश्यक रहने बताए । उनले विद्यार्थीलाई नैतिक शिक्षा, अनुशासन, संस्कार र संस्कृति सिकाउनुपर्नेमा जोड दिँदै प्यारामाउण्टको नतिजाले सबैलाई गौरवान्वित बनाएको उल्लेख गरे ।

विद्यालयका संस्थापक प्राचार्य डा. दामोदर भुसालले विद्यालयको गौरवपूर्ण शैक्षिक इतिहासलाई यसपटकको नतिजाले अझ सशक्त बनाएको बताए । उनले विद्यालयले किताबी ज्ञानसँगै रचनात्मक क्षमता र सीप विकासमा पनि विशेष ध्यान दिँदै आएको जानकारी दिए ।

 

कार्यक्रममा विद्यालयका अध्यक्ष पूर्णप्रसाद सापकोटा, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका उपप्राचार्य लिलाधर किरात, शिक्षक दिवाकर पन्थीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस अवसरमा ४ जीपीए ल्याउने विद्यार्थी आयुषा भुसाल र आयुस्मा पाण्डेलगायत विद्यार्थी तथा अभिभावक शिव शर्माले पनि आफ्ना अनुभव साझा गरेका थिए ।

हाल विद्यालयमा करिब २ हजार ६०० विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  १ : ४३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं