१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार बन्दीप्रत्यक्षीकरणको रिट जारी गर्दै पाण्डेलाई रिहा गर्न आदेश दिएको हो।

अदालतले पाण्डेलाई विदेश जानुपरेमा पूर्वअनुमति लिनुपर्ने सर्त समेत राखेको छ।

स्मार्ट सेलको सम्पत्ति लिलामीसम्बन्धी विवादमा पाण्डे पक्राउ परेका थिए। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत असोज ३ गते अवैध रूपमा लिलामी सूचना प्रकाशित गरेको आरोपमा उनीविरुद्ध अनुसन्धान भइरहेको छ।

सर्वोच्च अदालतको आदेशपछि पाण्डे रिहा हुने प्रक्रियामा रहेको उनका कानुन व्यवसायीले बताएका छन्। यद्यपि, अदालतको यस आदेशले उनीमाथि जारी प्रहरी अनुसन्धानमा कुनै अवरोध नपर्ने जनाइएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ८ : १८ बजे

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।