१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई सिन्धुलीको कमलामाई बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनीमाथि स्मार्ट टेलिकम (स्मार्ट सेल)को सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी एनसेललाई बिक्री गरेको आरोप लागेको छ । मुलुकी अपराध संहिताअन्तर्गत ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस प्रकरणमा यसअघि पलिना श्रेष्ठ र नरेन्द्र उलक पनि पक्राउ परिसकेका छन्। उनीहरू पक्राउ परेपछि पाण्डे केही दिनदेखि कार्यालयमा अनुपस्थित रहेको स्रोतले जनाएको छ।

स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रक्रियामा वित्तीय तथा कानुनी अनियमितता भएको आशंकामा सीआईबीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ११ : २० बजे

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।

त्रिशूली-३ ‘ए’ सुरुङबाट थप आवाज सुनियो, उद्धार टोली भित्र प्रवेश गर्दै

काठमाडौं । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

पोखरा । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको

त्रिशूली-३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको