२१ भदौ २०८३, आइतबार | September 6, 2026

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा



काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)माथिको प्रतिबन्ध आज फुकुवा गरेको छ । एन्फाका प्रवक्ता सुरेश साहले राखेपको निलम्बन बिनाशर्त फुकुवा गरेको जानकारी दिए ।

उनले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेपका सदस्यसचिव रामचरित्र मेहता, मन्त्रीका प्रमुख खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार, एन्फा महासचिव किरण राईलगायतले आज छलफल गरेपछि राखेपले निशर्त निलम्बन फुकुवा गर्ने निर्णय गरेको जानकारी दिए ।

पङ्कजविक्रम नेम्वाङ नेतृत्वको एन्फालाई यसअघि राखेपले तीन महिनाका लागि निलम्बन गरेको थियो । तहगत निर्वाचनसहित विधान संशोधन गर्न दिएको निर्देशनलाई एन्फाले अवज्ञा गरेको भन्दै राखेपले गत चैत ११ गते निलम्बन गरेको थियो । त्यसअघि राखेपले पटकपटक निर्देशन गरे तापनि एन्फाले गत चैत १३ गते निर्वाचन गर्ने आडान लिएपछि राखेपले निलम्बन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ९ : ११ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त