४ श्रावण २०८३, सोमबार | July 20, 2026

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार



दाङ । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका जिल्लामा पनि सेवा विस्तार गर्ने भएको छ ।

लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका ६ जिल्लासहित सात स्थानबाट सवारी दर्ता किताव नविकरण र अस्थायी बाटो इजाजत सेवा सञ्चालन गर्ने गरी यातायात सेवा विस्तार गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्री परिषद् बैठकले प्रदेशका १२ वटा जिल्लामध्ये यातायात व्यवस्था कार्यालय नभएका गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम पूर्व र बर्दियामा सेवा विस्तार गर्ने भएको हो । साथै दाङको घोराहीबाट सवारी दर्ता किताव नविकरण र अस्थायी बाटो इजाजत सेवा प्रवाह गर्ने निर्णय गरेको छ ।

प्रदेश उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेका अनुसार दाङको तुलसीपुरमा कार्यालय रहेपनि सेवा ग्राहीको चाप घोराहीमा पनि हुने भएकाले त्यहाँ पनि एउटा कार्यालय थप गर्ने निर्णय भएको हो । मन्त्री परिषद् बैठकले आगामी आर्थिक वर्षबाट सेवा प्रारम्भ गर्नका लागि आवश्यक व्यवस्था मिलाउन उद्योग, पर्यटन तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ ।

यी जिल्लाबाट पनि यातायात व्यवस्थासम्बन्धी सेवा प्रवाह सुरु भएमा प्रदेशका १२ वटै जिल्लाबाट यो सेवा प्रारम्भ हुने छ । हाल यातायात सेवा कार्यालय नहुँदा यी जिल्लाका नागरिक सवारी दर्ता किताव नविकरण र अस्थायी बाटो इजाजत सेवाका लागि दाङ, बाँके तथा बुटवलसम्म पुग्नु पर्ने बाध्यता रहेको थियो ।

जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत यातायातसम्बन्धी सेवा प्रवाह गर्ने गरी मन्त्रालयले व्यवस्थापन गर्ने छ । यातायात व्यवस्थासम्बन्धी सेवा विस्तारले नागरिकलाई सहज रूपमा सेवा प्राप्त हुने र सरकारको राजश्वमा वृद्धि हुने अपेक्षा सरकारले लिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  ९ : ३७ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री