४ श्रावण २०८३, सोमबार | July 21, 2026

प्रधानमन्त्रीको नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्क्याउने युवक पक्राउ



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नाम दुरुपयोग गर्दै सरकारी कर्मचारीलाई धम्क्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, वीरेन्द्रचोकका २२ वर्षीय प्रकाश खड्कालाई शनिबार जेठ २० गते काठमाडौंको शंखमूलबाट नियन्त्रणमा लिइएको हो। उनी केही समयदेखि शंखमूल क्षेत्रमा बसोबास गर्दै आएका थिए।

प्रहरीका अनुसार खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गरी विभिन्न सरकारी कर्मचारीलाई फोनमार्फत धम्की दिएका थिए। दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई प्रकाश खड्काले फोन गरी अत्यन्त अभद्र भाषामा धम्की दिएको अडियो सार्वजनिक भएको थियो ।

उनले राष्ट्रसेवक कर्मचारीलाई भय र त्रास सिर्जना गर्ने, अमर्यादित भाषा प्रयोग गर्ने तथा अनुचित दबाब दिने गरेको आरोप लागेपछि प्रधानमन्त्री कार्यालय नै कारवाहीका लागि अघि सरेको हो । सरकारी कर्मचारी धम्क्याएको अडियोको घटना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो। पछि कार्यालयले औपचारिक विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको नाम लिएर सरकारी कर्मचारी धम्क्याउनेहरुलाई कारवाहीको चेतावनी दिएको थियो ।

कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले जारी गरेको विज्ञप्तिमा कानुन र स्थापित प्रशासनिक प्रक्रियाअनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीलाई भय, त्रास र दबाबमा पार्ने कार्य पूर्णतः निन्दनीय र अक्षम्य भएको उल्लेख गरिएको छ।

कार्यालयले प्रधानमन्त्री वा प्रधानमन्त्री कार्यालयको नाम जोडेर आउने कुनै पनि शंकास्पद फोन, सन्देश वा संवादलाई आधिकारिक माध्यमबाट अनिवार्य रूपमा प्रमाणीकरण (भेरिफिकेसन) गरेर मात्र आवश्यक कामकारबाही अघि बढाउन सम्पूर्ण सरकारी निकाय, स्थानीय तह तथा कर्मचारीलाई आग्रह गरेको छ।

यसैगरी, प्रधानमन्त्रीको नाम लिएर निजी स्वार्थपूर्तिका लागि धाकधम्की दिने, बार्गेनिङ गर्ने वा नाजायज दबाब सिर्जना गर्ने व्यक्तिहरूबाट सचेत रहन र यस्ता गतिविधिबारे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पनि अपिल गरिएको छ।

प्रकाश खड्कामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  ४ : ५२ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा