५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

काठमाडौंको थानकोटमा घरायसी विवादले लियो ज्यान, चक्कु प्रहारबाट युवकको मृत्यु



काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको छ । महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले आफ्नै सालो नाता पर्ने अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीमाथि तरकारी काट्ने चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पताल लगिएको थियो । उपचारकै क्रममा गएराति साढे ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

घटनामा संलग्न समी अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त थानकोटले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ७ : १० बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको