५ श्रावण २०८३, मंगलबार | July 21, 2026

देशभरका सुकुम्बासी बुटवलमा, सरकारविरुद्ध प्रदर्शन, वैकल्पिक व्यवस्थाको माग (फोटो फिचरसहित)



बुटवल । सार्वजनिक जग्गा संरक्षणका नाममा वैकल्पिक व्यवस्था नगरी सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीमा डोजर चलाएको भन्दै देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले आइतबार बुटवलमा प्रदर्शन गरेका छन् ।

नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विभिन्न जिल्लाबाट हजारौँको सहभागिता रहेको संघर्ष समितिका रुपन्देही संयोजक खगेन्द्र पौडेलले जानकारी दिए ।

प्रदर्शनकारीहरूले सरकारले वैकल्पिक व्यवस्थाबिना गरिब तथा अव्यवस्थित बसोबासीका घरटहरा हटाएर उठिबास लगाउने काम गरेको आरोप लगाएका छन् ।

उनीहरूले ‘डोजर आतंक बन्द गर’, ‘अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर’, ‘गाँस, बासको सुनिश्चित गर’, ‘डोजर होइन समाधान दे’, ‘सुकुम्बासी हुनु रहर होइन, बाध्यता हो’ लगायतका नारासहित सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा सहभागीहरूले भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधान गर्न सरकारसँग माग गरेका छन् ।

फोटो फिचर

 

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ३ : ४५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं