४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

पृतनापति ट्रफि-२०८३ शुभारम्भ, फुटबलमा शम्सेर गणको विजयी शुरुवात



बुटवल । नेपाली सेनामा रहेका खेलाडीहरुको क्षमता विकास तथा क्षमतावान खेलाडीहरुको पहिचान गर्ने उदेश्यका साथ पृतनापति ट्रफि-२०८३ शुभारम्भ भएको छ ।

बुटवलस्थित मध्यपश्चिम पृतना खेलमैदानमा प्रतियोगिता अन्तरगत सोमबार भएको फुटबल समुद्घाटन खेलमा श्री शम्शेरदल गणले विजयी शुरुवात गरेको छ । निक्कै प्रतिस्प्रर्धात्मक खेलमा शम्शेरदलले श्री बर्दबहादुर गणलाई २-१ गोल अन्तरले पराजित गरेको हो । चार वटा टिमहरुका बिचमा लिग आधारमा खेलहरु जेठ १४ गतेसम्म संचालन हुने छ ।

एक समारोहका बिच श्री मध्य पश्चिम पृतनाका पृतनापति हिम्मत बहादुर बिष्टले पानसमा दीप प्रज्वलन गरि बिधिवत रुपमा प्रतियोगिता शुभारम्भ गरे । कार्यक्रममा पृतना हेड क्वाटरका सह चिफ अफ स्टाफ तथा पृतनापति ट्रफी मुल सञ्चालन समितिका संयोजक महासेनानी सन्जिव सिलवालले पृतनापति ट्रफीको ईतिहासबारे प्रकाश पारे । नेपाली सेनाका विभिन्न तहमा खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने क्रममा पृतना अन्तरगत युनिटहरुमा रहेका उत्कृष्ट खेलाडीहरुको पहिचान गर्न हरेक वर्ष पृतनापति ट्रफी सञ्चालन हुदै आईरहेको उनले बताए ।

कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, श्री नं. १९ वाहिनी अड्डा तथा नं २२ बाहिनी अड्डाका बाहिनीपतिहरु, नेपाली सैनिक ब्याटल स्कुलका शिक्षाधिकृतको उपस्थिती रहेको थियो । प्रतियोगितमा नं.१९ बाहिनी अन्तर्गत श्री बर्द बहादुर गण, चण्डीदल गण, सुर्यदल गण, ज्वालादल गण र सिद्धिबक्स गण त्यसैगरी २२ बाहिनी अन्तर्गत श्री शम्सेरदल गण, तारादल गण, गोरखदल गण, दि फेमश महिन्द्रदल गण, श्री केवलजंग गुल्म, रामवाण गुल्म, बीरभद्रजंग गुल्मका खेलाडीहरु सहभागी रहेका छन ।

जेठ १४ गतेसम्म सञ्चालन हुने पृतनापति ट्रफी-२०८३ को सामूहिक खेल तर्फ फुटबल, बास्केटबल र भलिबल गरि ३ तथा व्यक्तिगत तर्फ बक्सिङ्ग, तेक्वान्दो, जुडो, एथ्लेटिक्स र पौडी सहित ५ बिधाहरु गरि जम्मा ८ बिधाका खेलहरु समावेश छन । पृतनापति ट्रफीमा उत्कृष्ट हुने गण तथा खेलाडीहरुले प्रधान सेनापति ट्रफी २०८३ मा प्रतिस्प्रर्धा गर्ने अवसर पाउछन ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ४ : १९ बजे

मालपोत कार्यालय भैरहवाका नायब सुब्बा खाम्चाविरुद्ध घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा

रुपन्देहीको शुद्धोधनका भूमिहीन र सुकुम्बासी आन्दोलित, गाउँपालिकालाई ज्ञापनपत्र

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

पृतनापति ट्रफि-२०८३ शुभारम्भ, फुटबलमा शम्सेर गणको विजयी शुरुवात

बुटवल । नेपाली सेनामा रहेका खेलाडीहरुको क्षमता विकास तथा क्षमतावान

राष्ट्रिय आर्थिक गणना : करिब ८७ प्रतिशत सम्पन्न

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सुरु गरेको दोस्रो ‘राष्ट्रिय आर्थिक