४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

निर्माण व्यवसायीले दिए मुलकभरका विकास निर्माणको काम ठप्प पार्ने चेतावनी



नेपालगन्ज। बिगत २ सातादेखि आन्दोलनमा उत्रिएका बाँकेका निर्माण व्यवसायीहरुले आफ्नो आन्दोलनलाई जारी राखेका छन् । बाँके निर्माण व्यवसायी संघको आह्वानमा निर्माण सामग्रीको मूल्यवृद्धि र सरकारी दररेट समयानुकूल समायोजन नभएको भन्दै सुरु गरेको आन्दोलन आज पनि जारी राखेका छन् । बिभिन्न सरोकारवाला सरकारी कार्यालयमा धर्ना बसेर बिरोध गरिरहेका निर्माण व्यवसायीहरु आज सडक पुर्वाधार विकास कार्यालयमा धर्नामा बसेका हुन् ।

संघले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई बुझाएर सुरु गरेको आन्दोलनको मागलाई बेवास्ता गरेपछि व्यवसायीहरुले आज पुनः अर्को ध्यानाकर्षणपत्र मार्फत सरकारलाई कामकाज रोक्ने चेतावनी दिएका छन् ।

संघका तर्फबाट प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई पठाइएको ज्ञापनपत्रमा इन्धन, डिजेल, बिटुमिन, फलामजन्य सामग्रीलगायतका निर्माण सामग्रीको मूल्य अत्यधिक बढ्दा ठेक्का अनुसार काम गर्न कठिन भएको उल्लेख छ । ज्ञापनपत्रमा ठेक्का सम्झौता गर्दाको सरकारी दररेट पुरानै भएकाले व्यवसायीहरू आर्थिक रूपमा मारमा परिरहेको उल्लेख गर्दै मूल्यबृद्धिका कारण धेरै आयोजना प्रभावित भएको र काम गर्ने वातावरण कमजोर बन्दै गएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी र पुर्वाधार विकास कार्यालयलाई लेखिएको विज्ञप्तिमा निर्माण व्यवसायीहरूले विगतदेखि नै मूल्य समायोजनको माग गर्दै आएको भए पनि सम्बन्धित निकायबाट प्रभावकारी निर्णय नआएको उल्लेख गरिएको छ। लागतअनुसार भुक्तानी नहुँदा व्यवसायीहरू घाटामा गएको र केहीले काम नै छाड्ने अवस्थामा पुगेको संघले जनाएको छ।

यस्तै, निर्माण सामग्रीमा भएको अस्वाभाविक मूल्यवृद्धि, बैंक ब्याजदर, मजदुरी खर्च र अन्य सञ्चालन खर्च बढ्दो क्रममा रहेकाले तत्काल दररेट परिमार्जन गर्न संघले माग गरेको छ । संघले समयमै उचित निर्णय नगरे देशभरका विकास निर्माणका अधिकांश काम ठप्प हुने चेतावनी समेत दिएको छ। संघका अध्यक्ष लिलाराज उपाध्यायले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा निर्माण क्षेत्र जोगाउन सरकार गम्भीर बन्नुपर्ने उल्लेख गरिएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ९ : ३० बजे

नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा

काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी

नारायणगढ । दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो

निर्माण व्यवसायीले दिए मुलकभरका विकास निर्माणको काम ठप्प पार्ने चेतावनी

नेपालगन्ज। बिगत २ सातादेखि आन्दोलनमा उत्रिएका बाँकेका निर्माण व्यवसायीहरुले आफ्नो

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको विरोध, जेठ ५ गते दिउँसै लालटिन बालिने

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा