५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

एक महिनामा २०५ अपराधका मुद्दा दर्ता



नेपालगञ्ज । प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले आज जिल्लाभरको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै गत वैशाख महिनामा मात्रै ती मुद्दा दर्ता भएको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरीमा दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका १० तथा ६१ वटा र सामान्य अपराधअन्तर्गतका १३४ वटा रहेको जानकारी दिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित नौ वटा घटनामा ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, आर्थिक अपराधसम्बन्धी ३४ वटा घटना प्रहरीमा दर्ता भएका छन् । चालु मुद्दाका प्रतिवादी पक्राउ अभियानअन्तर्गत वैशाख महिनामा १८७ जना पक्राउ परेका छन् । सार्वजनिक चासो रहेका १९ वटा ‘पेन्डिङ’ मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक पातलीले बताए । यस अवधिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एक वटा मुद्दासमेत दर्ता भएको जानकारी दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयन अभियानअन्तर्गत वैशाख महिनामा ७६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । उनका अनुसार पक्राउ परेका प्रतिवादीबाट कुल १० वर्ष दुई महिना २० दिन कैद सजाय कार्यान्वयन बाँकी छ । उनीहरूलाई अदालतबाट तोकिएको रु ४७ लाख २७ हजार ४३० बिगो तथा क्षतिपूर्ति रकम असुलका लागि पक्राउ परेकालाई अदालत बुझाइएको छ ।

बीस सवारी दुर्घटनामा चार जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय बाँकेले गत वैशाख महिनामा जिल्लाभर २० सवारीसाधन दुर्घटना भएको जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । सवारीसाधन दुर्घटनाका कारण विश्लेषण गर्दा अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण भएको देखिएको छ । तथ्याङ्कअनुसार १९ दुर्घटना चालकको लापरबाही तथा एउटा दुर्घटना मादक पदार्थ सेवन ९मापसे० का कारण भएको प्रहरीले जनाएको छ ।

यसैबीच, सवारी जाँच अभियानअन्तर्गत वैशाख महिनामा दुई हजार ७८ सवारीसाधनका चालकमाथि कारबाही गरिएको छ । उक्त कारबाहीबाट रु १८ लाख ६२ हजार राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले गते वैशाख महिनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १०४ उजुरी दर्ता भएको जनाएको छ । तीमध्ये ८३ वटा उजुरी फछ्र्योट गरिएको तथा २१ वटा उजुरी फछ्र्योट हुन बाँकी छ ।

त्यस्तै, घरेलु हिंसातर्फ वैशाख महिनामा झै-झगडासम्बन्धी ७४ उजुरी दर्ता भएका छन् । तीमध्ये ५४ घटनामा मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ७ : ३१ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही