६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन



काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको छ । संवैधानिक परिषद्बाट सिफारिस भएका शर्माको संसदीय सुनुवाइ सम्पन्न भएसँगै उनको नाम अनुमोदन गरिएको हो ।

यससँगै शर्माले मंगलबार नै प्रधानन्यायाधीश पदको नियुक्ति र शपथ ग्रहण गर्ने भएका छन् । बुधबारदेखि उनले सर्वोच्च अदालतमा दैनिक इजलास र पेशी तोक्ने जिम्मेवारी सम्हाल्नेछन् ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा शर्माविरुद्ध परेका १६ वटा उजुरीमाथि छलफल गरिएको थियो । समितिका सदस्यहरूलाई उजुरी अध्ययनका लागि वितरण गरिएपछि शर्मा स्वयं समितिमा उपस्थित भएर उजुरीबारे स्पष्टीकरण दिएका थिए ।

समितिमा उठाइएका सबै प्रश्नको जवाफ दिएपछि उनको नाम अनुमोदन गरिएको हो । शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी दर्ता भएका थिए । उजुरीकर्तासँग पनि समितिले मंगलबार नै छलफल गरेको थियो ।

वरिष्ठताका आधारमा चौथो क्रममा रहेका शर्मालाई प्रधानन्यायाधीश बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्मा जोड दिएको बताइएको छ । परिषद् बैठकमा प्रधानमन्त्री शाहले शर्मा मुद्दा फर्छ्योटमा सक्षम र प्रभावकारी रहेको तर्क प्रस्तुत गरेका थिए ।

यसअघि सोमबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले शर्माविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएकी थिइन् । तर, उक्त आदेशपछि सर्वोच्च अदालत प्रशासनका मुख्य रजिस्ट्रारसहित कर्मचारी सम्पर्कविहीन बनेको विषयले विवाद उत्पन्न भएको थियो । यही विवादबीच शर्मा अब सर्वोच्च अदालतको नेतृत्व सम्हाल्न लागेका हुन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ४ : ११ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क