काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल बिदामा बसेको जानकारी दिएका हुन् ।
नवनियुक्त प्रधानन्यायाधीश डा। मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल बिदामा बसेकी हुन् । यसअघि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीशका रूपमा मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
तर संवैधानिक परिषद्ले आफूभन्दा जुनियर रहेका डा। शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेपछि मल्ल असन्तुष्ट रहेको चर्चा थियो ।
डा। शर्माले मंगलबार संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि सोही दिन शपथ ग्रहण गरी पदभार ग्रहण गरेका थिए । शपथ ग्रहण समारोहमा भने न्यायाधीश मल्ल सहभागी भएकी थिइनन् ।




















प्रतिक्रिया