२१ भदौ २०८३, आइतबार | September 7, 2026

लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्षमा सुमन रश्मी श्रेष्ठ चयन



बुटवल । लायन्स क्लब अफ बुटवल खस्यौलीको वर्ष २०२६/०२७ को लागि नयाँ कार्यसमिति चयन गरिएको छ । हालै सम्पन्न १७ औ अधिवेशनबाट सुमन रश्मी श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।

नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा सन्तोष नेपाल, द्वितीय उपाध्यक्षमा लायन महेश पौडेल क्षेत्री तथा तृतीय उपाध्यक्षमा कृष्ण श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै सचिवमा रेशम न्यौपाने, कोषाध्यक्षमा प्रदीप ढकाल, एलसीएफ कोअर्डिनेटरमा सन्दीप पौडेल, मेम्बरसिप चेयरम्यानमा राजन पाठक, पीआरओमा ओसिन श्रेष्ठ तथा सर्भिस चेयरम्यानमा तारा पुरी चयन भएको निर्वाचन आयुक्त राजु खत्रीले जानकारी दिए ।

कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष मुक्ती प्रसाद श्रेष्ठ, पुर्व अध्यक्ष बाबुराम बोहोरा, गोपाल पाण्डे र बिष्णु उपाध्यायलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सामाजिक सेवामूलक कार्यलाई अझ प्रभावकारी बनाउँदै क्लबलाई सक्रिय रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, क्लबले आगामी दिनमा शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ८ : ३७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त