१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

सार्वजनिक सवारीको नयाँ दर्तामा सरकारले लगायो रोक



काठमाडौं । सरकारले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता तत्कालका लागि रोक्ने निर्णय गरेको छ ।

यातायात व्यवस्था विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालय र देशभरिका स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्म सार्वजनिक सवारी साधनको नयाँ दर्ता नगर्न निर्देशन दिएको हो ।

विभागले सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा वायु प्रदूषण, ट्राफिक जाम र सवारी चाप अत्यधिक बढ्दै गएको उल्लेख गरेको छ । साथै इन्धनको मूल्यवृद्धिका कारण सार्वजनिक यातायात क्षेत्रमा थप असहजता र समस्या सिर्जना भएको भन्दै नयाँ दर्तामा रोक लगाइएको जनाएको छ ।

यातायात व्यवस्था विभागले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) अनुसार सार्वजनिक हितका लागि सवारी दर्ता रोक्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ ।

विभागद्वारा जारी पत्रमा वातावरण प्रदूषण, सडकको अवस्था, सवारी चाप तथा सार्वजनिक यातायात व्यवस्थापनलाई मध्यनजर गर्दै हाललाई सार्वजनिक सवारी साधन (विद्युतीय सार्वजनिक सवारी साधन समेत)को नयाँ दर्ता रोक्न आवश्यक देखिएको उल्लेख छ ।

यो निर्णय अर्को सूचना जारी नभएसम्म लागू रहने विभागले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ८ : ५२ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै