२२ असार २०८३, सोमबार | July 6, 2026

सरकारको निरंकुशताका विरुद्ध आन्दोलन अपरिहार्य : प्रचण्ड



धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको बताएका छन्।

धनगढीमा जारी प्रथम एकता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणलाई आन्दोलनका लागि संगठित गरिँदै गरेको उल्लेख गरे।

उनले देशका विभिन्न क्षेत्रमा भइरहेको सुकुम्बासी आन्दोलन स्वतःस्फूर्त नभई त्यसमा आफ्नो पार्टीको समेत पहल रहेको दाबी गरे। सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई असर पर्ने गरी भारतबाट सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा कर लगाउने सरकारी निर्णयले गरिब र निमुखा जनतामाथि अन्याय भएको प्रचण्डको आरोप थियो।

प्रचण्डले सरकारमाथि न्यायालयमा हस्तक्षेप गरेको आरोपसमेत लगाए। साथै विद्यार्थी संगठन र ट्रेड युनियनहरूको लोकतान्त्रिक अधिकारमाथि सरकारले दबाब सिर्जना गरिरहेको भन्दै त्यसको प्रतिरोधका लागि आन्दोलन अपरिहार्य भएको उनको भनाइ थियो।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ४ : २६ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ