२२ असार २०८३, सोमबार | July 6, 2026

कास्की अदालतबाट रवि विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ताको अनुमति



काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्ने आदेश दिएको छ।

जिल्ला न्यायाधीश हिमाल बेल्बासेको इजलासले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयको निवेदनमाथि सुनुवाइ गर्दै मागबमोजिम हुने आदेश दिएको हो।

यससँगै अब लामिछानेसहित पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीहरूमाथि सहकारी ठगीसम्बन्धी अभियोग मात्रै कायम रहने भएको छ। लामिछानेसँगै जीबी राई, छविलाल जोशीलगायत विरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पनि फिर्ता हुने भएको छ।

तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अदालतमा निवेदन दर्ता गर्दै रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर झिक्न तथा सहकारी ठगीसम्बन्धी अभियोगलाई यथावत राख्न आग्रह गरेको थियो।

उक्त निवेदनमाथि फैसला गर्दै अदालतले सहकारी ठगीसम्बन्धी अभियोग कायम राखी अन्य दुई अभियोग हटाउने निर्णयलाई सदर गरेको हो। आदेशमा भनिएको छ, “निवेदकको माग व्यहोरा मनासिब रहेको देखिँदा प्रस्तुत निवेदनसँग सम्बन्धित मूल, थप तथा पूरक अभियोगपत्रहरूमा सहकारी ठगीको अभियोग दाबी कायम राखी अन्य संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको अभियोग दाबी कायम नरहने गरी संशोधन गरिदिएको छ।”

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ५ : १० बजे

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष