५ श्रावण २०८३, मंगलबार | July 21, 2026

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै



कास्की । देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा राष्ट्रियस्तरको खुला डुङ्गा दौड प्रतियोगिता हुने भएको छ ।

फेवा डुङ्गा व्यवसायी सङ्गठनको आयोजनामा यही जेठ १८ गते तेस्रो संस्करणको पुरुष तथा महिलातर्फ खुला डुङ्गा दौड प्रतियोगिता हुन लागेको हो । सङ्गठनका अध्यक्ष वलराम गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेवातालबारे प्रचारप्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, फेवातालको महत्व बुझाउन तथा पोखरामा आन्तरिक पर्यटक भित्राउन र यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता गर्न लागिएको बताए ।

“फेवाताल पोखराको गहना हो । पोखरा आउने सबै पर्यटकको गन्तव्य समेत हो । फेवातालको थप प्रवद्र्धन गर्न प्रतियोगिताबाट मद्दत पुग्छ”, उनले भने ।

आयोजकका अनुसार पुरुषतर्फ बाराहीघाटदेखि पारि लेक हाउससम्म झण्डै तीन किमी दूरीमा तथा महिलातर्फ बाराहीघाटदेखि पारि लिची गार्डेनसम्म दुई किमीमा दौड गराइने छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा हुने प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथमले रु ३० हजार, द्वितीयले रु २० हजार, तृतीयले रु १० हजार तथा सान्त्वनाले रु पाँच हजारसहित ट्रफिर प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पुरुषतर्फ ३५ तथा महिलातर्फ १५ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रत्येक टोलीमा तीन डुङ्गा चालक रहने छन् । प्रतियोगिता सफल पार्न फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष गिरीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । खेलकुद संयोजकमा बत्ति गुरुङ, प्रचार प्रसार समितिमा शिवरुद्र जिसी, आर्थिक समितिमा बुद्धिनाथ पाण्डे, मञ्च व्यवस्थापन तथा स्वयंसेवक समितिमा धनबहादुर विक तथा अतिथि सत्कार समितिमा तारा विक रहेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  १० : २४ बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको