१५ भदौ २०८३, सोमबार | August 31, 2026

‘किवानिज क्लब अफ रुपन्देही लुम्बिनी’द्वारा गुल्मीका दुई विद्यालयमा शैक्षिक र खेलकुद सामाग्री सहित पोशाक प्रदान



गुल्मी । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘किवानिज क्लब अफ रुपन्देही लुम्बिनी’ले सरकारी विद्यालयमा अध्ययन गर्ने बालबालिकाको शिक्षाको गुणस्तर सुधारको लागि गुल्मीको सत्यवती गाउँपालिकाका दुई सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक र खेलकुदका सामाग्री सहित पोशाक प्रदान गरेको छ ।

क्लबले आफ्नो नियमित कार्यक्रम अन्तर्गत गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नं. ७ जुनियामा रहेको ‘जुनिया माध्यमिक विद्यालय’ र `हेमन्त आधारभूत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री सहित पोशाक प्रदान गरेको हो ।

विद्यार्थीहरुमा नियमित पठनपाठनसंगै अतिरिक्त ज्ञानको बिकासको लागि गुल्मीका यी विद्यालय छनौट गरि बिद्यार्थिहरुलाई शैक्षिक सामाग्री र पोशाक प्रदान गरिएको क्लवका अध्यक्ष गोबिन्द भुसालले बताए । उनले भने-, ‘नियमित पठनपाठनसँगै बालबालिकामा अतिरिक्त ज्ञानको बिकासको लागि रुपन्देही र गुल्मीका ग्रामिण क्षेत्रका विद्यालय छनौट गरि क्लवले नियमित रुपमा शैक्षिक सामाग्री र पोशाक बितरण गर्दै आइरहेको छ ।’

‘सर्भिङ द चिल्ड्रेन अफ द वर्ड’ भन्ने नारासहित सञ्चालित क्लवले बालबालिकाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेको र सोही अनुसार क्लबले यस्ता विद्यालय छनौट गरेर विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक गुणस्तर सुधारको लागि काम गर्ने गरेको क्लवका सस्थापक अध्यक्ष दिपेश शाहिले बताए । विद्यार्थीहरुमा शैक्षिक सहित अतिरिक्त शारीरिक विकासका लागि आवश्यक्ता हेरि खेलकुदका सामग्री, विद्यालय पोशाक, झोला, कापी तथा कलम लगायतका शैक्षिक सामागि प्रदान गर्दै आएको शाहिले बताए ।

बालबालिकाको शैक्षिक गुणस्तर सुधारको लागि क्लवले गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ७ मा रहेका जुनिया माध्यमिक विद्यालय र हेमन्त आधारभूत बिद्यालय तथा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका स्थित विभिन्न सरकारी विद्यालयहरुमा क्लवले शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बालबालिकाको शैक्षिक सङ्गै अतिरिक्त क्षमताको बिकास गर्नका लागि क्लवले सुविधाको पहुँच भन्दा टाढा रहेका विद्यालय छनौट गरेर यस्ता कार्यक्रम संचालन गर्दै आएको क्लवका निर्वाचित उपाध्यक्ष निरन्जन धितालले बताए ।

कक्षा १० सम्म अध्ययन हुने जुनिया माध्यमिक विद्यालयमा दुई सय विद्यार्थी अध्ययनरत रहेका छन भने कक्षा ३ सम्म अध्ययन हुने हेमन्त आधारभूत विद्यालयमा २५ जना विद्यार्थी अध्ययन गर्दछन् ।

जुनिया मा वि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिलिप सेन र हेमन्त आधरभूत विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष चेतबहादुर बुढाथोकिले किवानिज क्लबले शैक्षिक कार्यक्रम सञ्चालन गरेपछि बालबालिकाहरु धेरै खुसी भएको र उनीहरुको मनोविज्ञानमा समेत सकारात्मक प्रभाव परेको बताए ।

यस्तै जुनिया मा वि का प्रधानाध्यापक केशवराज भट्टराई तथा हेमन्त आधारभूत बिद्यालयका प्रधानाध्यापक इन्द्रा ढकालले क्लबले कार्यक्रम सञ्चालन गरेयता विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार आउनुको साथै बिद्यार्थी संख्या बढ्नुका साथै अभिभावकहरुमा समेत सकारात्मक प्रभाव परेको बताए ।

जुनिया मा विका सहायक प्रधानाध्यापक जुना सेनले क्लवले दुर्गम ग्रामिण क्षेत्रका विद्यालयमा आएर नियमित कार्यक्रम सञ्चालन गर्नु स्रहानीय काम भएको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन ।

क्लवका अध्यक्ष गोबिन्द भुसाल, सस्थापक अध्यक्ष दिपेश शाही, निर्वाचित उपाध्यक्ष निरन्जन धिताल तथा सदस्यहरु हिम चापागाई, नारायण बहादुर पौडेल, शिव पाठक, नारायण पान्डे, बिष्णु पौडेलसहितको टोलि विद्यालयमा पुगेर करिब २ लाख बराबरको शैक्षिक, खेलकुद तथा पोशाक प्रदान गरेको हो । त्यस अवसरमा ति विद्यालयहरुले क्लबलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  १२ : ५९ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,