नेपालगन्ज । आध्यात्मिक ज्ञानको माध्यमबाट विश्व शान्तिको विश्वव्यापी अभियानमा समर्पित व्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयले नेपालगन्जमा बृहत् रक्तदान अभियानलाई निरन्तरता दिने भएको छ । व्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयले संचालन गरेको रक्तदान कार्यक्रमलाई नेपालगन्जमा पनि निर।न्तरता दिने भएको हो ।
गत ६ गते देशका बिभिन्न शहरमा आयोजना भएको वृहत् रक्तदानबाट ३ हजार १ सष् ६ पिण्ट रगत संकलन भएको थियो भने सोही अभियानलाई विश्वविद्यालयले निरन्तरता दिएको हो ।
व्रम्हकुमारीज, समाज सेवा प्रभागद्वारा आह्वान गरिएको रक्तदानमा काठमाडौंमा १ हजार ६ सय ७७ पिन्ट, नारायणगढ ११८ पिन्ट, हेटौडा १०१, वीरगन्ज ९९, जनकपुर १४५, राजविराज १०८, विराटनगर ३०४, पोखरा १६२ पिन्ट रगत संकलन भएको थियो ।
त्यसैगरि बुटवल १३१, भैरहवा ६९, नेपालगन्ज १५५, धनगढी ३१ र पाल्पामा ६ पिन्ट रगत संकलन भएको थियो । भोलि सोमबार राजयोगिनी दिदी प्रकाशमणिको स्मृतीमा आयोजित वृहत् रक्तदान अभियानमा सहभागी भई पुण्य कमाउन समस्त स्वयम्सेवी रक्तदाताहरूमा व्रम्हकुमारीज, समाज सेवा प्रभागले आह्वान गरेको छ ।

















प्रतिक्रिया