९ भदौ २०८३, मंगलबार | August 26, 2026

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?



काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि पत्रकार सम्मेलनमार्फत निर्णयहरूको जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्ले नेपाल-चीन विद्युत् प्रसारण लाइन आयोजनादेखि धानको समर्थन मूल्य निर्धारणसम्मका विषयमा निर्णय गरेको छ । साथै सहकारी क्षेत्रमा देखिएको बेथितिसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणमा नयाँ महानिर्देशक नियुक्त गर्ने निर्णय पनि गरिएको छ ।

बैठकका मुख्य निर्णयहरू यस्ता छन् :

नेपाल–चीन जोड्ने चिलिमे-केरुङ विद्युत् प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने ‘लेटर अफ रिप्लाई’ स्वीकृत गर्ने ।

आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने ।

जसअनुसार मोटो धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य ३ हजार ८६० रुपैयाँ तोकिएको छ ।

सहकारी क्षेत्रमा देखिएको बेथितिको अध्ययन गर्न गठित जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ५ : २४ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त