६ श्रावण २०८३, बुधबार | July 22, 2026

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो



बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति मिष्ठान्न भण्डारले आफ्नो ब्राण्ड तथा नाम दुरुपयोग भएको गुनासो गरेको छ ।

मिष्ठान्न भण्डारका सञ्चालक राजेन्द्र गौतमले सोमबार पत्रकार सम्मेलन गर्दै विभिन्न व्यवसायीहरूले ‘गणपति’ नाम प्रयोग गरी पसल सञ्चालन गर्दा बजारमा नकारात्मक सन्देश गएको बताए ।

वि.सं. २०५९ सालदेखि बुटवलको ट्राफिक चोकस्थित रात्री बस काउन्टर नजिक सञ्चालनमा आएको गणपति मिष्ठान्न भण्डारको हाल बुटवल उपमहानगरपालिका-१३ जितगढीमा समेत गरी दुई स्थानमा मात्रै आधिकारिक शाखा रहेको उनले जानकारी दिए ।

तर पछिल्लो समय अन्य व्यक्तिहरूले समेत ‘गणपति’ नाम प्रयोग गरी पसल सञ्चालन गर्न थालेको भन्दै उनले आपत्ति जनाए ।

जितगढीस्थित उत्पादन उद्योगबाट गुणस्तरीय तथा स्वच्छ मिठाई उत्पादन गर्दै आएको दाबी गर्दै सञ्चालक गौतमले आफ्नो ब्राण्डको नाममा खुलेका अन्य पसलमा देखिएका कमजोरी र गुणस्तरहीन सेवाको आलोचना समेत आफूहरूले खेप्नुपरेको गुनासो गरे ।

उनका अनुसार गणपति मिष्ठान्न भण्डार तथा उद्योगबाट हाल करिब दुई दर्जन व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सञ्चालक गौतमले प्रतिलिपि अधिकार दुरुपयोग भएको भन्दै बुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा उजुरी दिएको भए पनि हालसम्म कुनै सुनुवाइ नभएको बताए ।

घरेलु तथा साना उद्योग कार्यालय बुटवलमा दर्ता गरिएको नाम र लोगोको नक्कल गर्दै अन्य व्यवसायीहरूले प्रतिलिपि अधिकार ऐन २०५९ विपरीत कार्य गरेको उनको आरोप छ ।

“हाम्रो अनुमति बिना नै अन्य व्यक्तिले गणपतिको नाम प्रयोग गरेर पसल सञ्चालन गरेका छन्,” उनले भने, “ग्राहकहरू नक्कली पसलबाट सजग हुन आवश्यक छ ।”

प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कुनै संस्था वा कम्पनीको लोगो, स्लोगन, नाम वा पहिचान उस्तै देखिने गरी प्रयोग गर्न नपाइने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ६ : ४० बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको