२१ भदौ २०८३, आइतबार | September 6, 2026

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि पुरुष क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ ।

सोमबार सार्वजनिक गरिएको सूचीमा ३५ जना खेलाडी समावेश छन् ।

यसपटक क्यानले पहिलोपटक ‘ए प्लस’ श्रेणी समावेश गरेको छ । यस श्रेणीमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् । यसअघि उनीहरू ‘ए’ श्रेणीमा थिए ।

‘ए’ श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी समावेश छन् । त्यस्तै, ‘बी’ श्रेणीमा ललितनारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुल्शन झा रहेका छन् ।

‘सी’ श्रेणीमा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, इशान पाण्डे, बसिर अहमद, लोकेश बम, शाहब आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल शाह परेका छन् ।

यस्तै, ‘डी’ श्रेणी ९डेभलपमेन्ट० मा तृतराज दास, राशिद खान, सन्तोष यादव, नारायण जोशी, विपीन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतिस जिसी र सागर ढकाल समावेश भएका छन् ।

क्यानले नयाँ वर्गीकरणअनुसार खेलाडीहरूको मासिक पारिश्रमिकसमेत निर्धारण गरेको छ । ‘ए प्लस’ श्रेणीका खेलाडीले मासिक एक लाख २० हजार रुपैयाँ पाउनेछन् । ‘ए’ श्रेणीका खेलाडीलाई एक लाख, ‘बी’ श्रेणीलाई ७५ हजार, ‘सी’ श्रेणीलाई ५५ हजार तथा ‘डी’ श्रेणीलाई ३५ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

यसअघि क्यानले ‘ए’ श्रेणीका खेलाडीलाई एक लाख, ‘बी’लाई ७० हजार, ‘सी’लाई ५५ हजार, डोमेस्टिक खेलाडीलाई ३५ हजार र इमर्जिङ खेलाडीलाई २५ हजार रुपैयाँ पारिश्रमिक दिने व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ७ : ५९ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका