६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग जायज : सभामुख



काठमाडौं । सभामुख डीपी अर्यालले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग जायज रहेको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठक प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को उपस्थितिको माग गर्दै विपक्षी दलहरूले अवरुद्ध गरेपछि सभामुख डीपी अर्यालले यस्तो बताएका हुन् ।

उनले सार्वभौम संसद्का सदस्यहरूले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनु संविधान, नियमावली र संसदीय अभ्यासअनुसार स्वाभाविक विषय भएको उल्लेख गरे।

सभामुख अर्यालले प्रधानमन्त्रीसँग निरन्तर संवाद भइरहेको र उहाँ सदनमा आउने तयारीमा रहेको जानकारी पनि गराए। “प्रधानमन्त्री आउने तयारी भइरहेको छ । सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ,” उनले बैठकमा भने। साथै, प्रधानमन्त्री उपस्थित हुने मिति छिट्टै तय हुने र त्यसबारे सांसदहरूलाई जानकारी गराइने उनले बताए।

यद्यपि विपक्षी दलहरूले सभामुखबाट प्रधानमन्त्री उपस्थितिको स्पष्ट मिति घोषणा हुनुपर्ने माग राख्दै रुलिङको माग गरेका थिए। तर सभामुख अर्यालले तत्काल रुलिङ गर्न इन्कार गर्दै प्रधानमन्त्री आउने मिति तय भएपछि जानकारी गराउने बताए। उनले विपक्षीको यस्तो अपेक्षालाई ‘प्राकृतिक प्रक्रिया’ को संज्ञा दिएका थिए।

विपक्षी सांसदहरूले भने आफ्नो अडान कायम राख्दै आसनबाट उभिएर नाराबाजी र विरोध जारी राखे। विरोधकै बीच सभामुखले बैठकको कार्यसूची अगाडि बढाएका थिए।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ३ : २३ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न