३१ असार २०८३, बुधबार | July 15, 2026

प्रधानमन्त्री माग्दै संसदमा हर्क साम्पाङको विरोध, सभामुखसँग सवालजवाफपछि बैठक बहिष्कार



काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर जवाफदेही बनाउनुपर्ने माग दोहोर्‍याउँदै बुधबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

बैठक सुरु हुनेबित्तिकै साम्पाङले प्रधानमन्त्रीलाई सदनमा बोलाउन सभामुखले रुलिङ गर्नुपर्ने माग गर्दै पर्चा प्रदर्शन गरेका थिए । उनले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखले सक्रिय भूमिका खेल्नुपर्ने बताएका थिए ।

तर सभामुख डोलप्रसाद अर्यालले सभामुखलाई के विषयमा रुलिङ गर्ने वा नगर्ने भन्ने कुरा सिकाउन आवश्यक नभएको भन्दै जवाफ दिएपछि साम्पाङ असन्तुष्ट बनेका थिए । त्यसलगत्तै उनी आफ्नो कालो झोला भिरेर बैठक कक्षबाट बाहिरिएका हुन् ।

यसअघि बैठकको सुरुमै श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले पनि प्रधानमन्त्रीलाई संसदमा ल्याउन सभामुखले भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका थिए ।

उनले संसदमा निरन्तर माग भइरहँदा पनि प्रधानमन्त्रीलाई रुलिङ गरेर सदनमा उपस्थित गराउन नसकिएको भन्दै नियमावलीअनुसार आफूलाई नै निष्कासन गर्ने वा प्रधानमन्त्रीलाई सदनमा ल्याउनेमध्ये एक विकल्प लागू गर्न सभामुखसमक्ष आग्रह गरे ।

‘नियम १५ को २ अनुसार प्रधानमन्त्रीलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको ३१ को १ लागू गरेर मलाई निष्कासन गरेर सदनको गरिमा बढाइदिनुहोस्,’ राईले भने, ‘दुईमध्ये एक लागू गरिदिनुस्—प्रधानमन्त्री ल्याउने वा मलाई निकालिदिने । नत्र संसदको गरिमा कायम हुँदैन ।’

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ११ : ३२ बजे

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ठिनी खोलामा पक्की मोटरेबल

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

लमजुङ । ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

भोजपुर । वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ । बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर । देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न