१५ भदौ २०८३, सोमबार | September 1, 2026

चाडपर्वले समाजमा आपसी सहिष्णुता र सद्भावको परम्परा कायम : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चाडपर्वहरूले समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम भइरहेको बताएका छन् ।

बकर इद (ईद–उल–अज्हा)का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको र यहाँ रहेका चाडपर्वले समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम रहँदै आएको बताएका हुन् ।

“बकर इद पर्व नेपालीहरूबीच आपसी प्रेम, सद्भाव, सहकार्य र सामाजिक एकताको भावना अभिवृद्धि गर्दै सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु”, सभापति थापाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ७ : ३१ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,