३० भदौ २०८३, मंगलबार | September 15, 2026

बजेट २०८३/८४ : मुलुकलाई ‘आरोग्य पर्यटन’ को गन्तव्यका रुपमा विकास प्रवर्द्धन गरिने



काठमाडौँ । सरकारले मुलुकलाई ‘आरोग्य पर्यटन’ को गन्तव्यका रुपमा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने भएको छ ।

सङ्घीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको बताएका हुन् ।

उनले पर्यटन प्रवर्द्धनका लागि विलासी रिसोर्ट र होटल निर्माणका लागि आर्थिक प्रोत्साहन दिइने बताए । नेपाललाई युरोपेली युनियनको हवाई सुरक्षा सूचीबाट हटाउन आगामी पुसभित्र नागरिक उड्ड्यन प्राधिकरणलाई पुनःसंरचना गरी नियामक र सञ्चालक निकाय छुट्टाछुट्टै बनाइने उल्लेख गरे ।

लुम्बिनी–मुक्तिनाथ धार्मिक मार्ग, शालिग्राम पथ र ध्यान/योग केन्द्रको विकास गरिने उनको भनाइ छ । उनले योग, ध्यान, साधनाका साथै बौद्ध र वैदिक दर्शनलाई एकीकृत गर्ने लक्ष्य सरकारले राखेको उल्लेख गरे । उक्त योजनाले मनाङ, मुस्ताङ र म्याग्दीलगायत हिमाली सांस्कृतिक अनुभवलाई विश्वस्तरमा चिनाउने प्रयास गरेको उनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ५ : २५ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा