३ श्रावण २०८३, आइतबार | July 19, 2026

जिज्ञासुको ‘अग्निस्पन्दन’ विमोचन र ‘विवश आमा’ गीत सार्वजनिक



नेपालगन्ज । बाँकेमा रहेर साहित्य साधना गरिरहेकी साहित्यकार कल्पना पौडेल जिज्ञासुको सातौं कृति कविता संग्रह ‘अग्निस्पन्दन’ को विमोचन तथा ‘विवस आमा’ गीत सार्वजनिक गरिएको छ । कल्पना फाउन्डेसन नेपालको आयोजनामा आयोजित पुस्तक विमोचन तथा गीत सार्वजनिक कार्यक्रममा प्राध्यापक डा कृष्ण प्रसाद घिमिरे, कथाकार सनत रेग्मी, साहित्यकार हरि तिमिल्सिना, महानन्द ढकाल र लेखक नरेन्द्र जंग पिटरले संयुक्तरुपमा पुस्तक विमोचन गरे ।

साहित्यका विविध विधामा कलम चलाउँदै आएकी जिज्ञासुको सातौं कृति अग्निस्पन्दन ऐरावती प्रकाशन काठमाडौँले प्रकाशित गरि बजारमा ल्याएको हो । त्यसैगरि विवस आमा बोलको गीतमा जिज्ञासुको शब्द रचनालाई रियाज शिवाकोटीको संगीतमा चर्चित गायिका बेनिसा पौडेलले स्वर दिएकी छन। राजिव शाह स्टुडियो र रियाज रेकर्डिङ सेन्टरले उत्पादन गरि एल्बम बजारमा ल्याएको हो । आमाको विवसतालाई मुख्य विषय बनाइएर लेखिएको गीतका शव्दहरूले कार्यक्रममा प्रसारित गर्दा उपस्थित सबैलाई भाबुक बनाएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरुले जिज्ञासुकोले बेरोजगारी र गरिबीका कारण साना सन्तानलाई घरमा छोडेर विदेशिन बाध्य भएका आफु लगायत लाखौं आमाहरुको भावनाहरुलाई शब्दहरू समेटेर गीतको माध्यमबाट राष्ट्र र समाजलाई सन्देश दिन सफल भएको टिप्पणी गरेका थिए ।

अग्निस्पन्दन कविता संग्रह भित्र ५२ वटा कविताहरू समेटेर तयार पारिएको छ ।अग्नि स्पन्दन संग्रह भित्रका अघिकांश कविताहरुमा नारीबाद र प्रगतिशील चेत मुखरित भएकोले समाजमा रहेको अन्धविश्वास,रुढिबादी चिन्तन, अन्याय, अत्याचार, शोषण दमन, नारी हिँसाको बिरुद्धमा खरो आवाज मात्र उठाएकी छैनन् ,विद्रोहबाट समस्याको समाधान खोजेकी छन । जेन्जी र जेन्जी आन्दोलनमा बगेको रगत र प्रवासी नेपालीहरूको जन्मभूमिप्रतिको अगाध स्नेह, शिक्षक,अभिभावक र विद्यार्थीको भुमिका र राष्ट्र प्रतिको मायालाई समेत समेट्न सफल कविता सङ्ग्रह पठनिय रहेको वक्ताहरुको भनाई थियो ।

कार्यक्रममा अग्निस्पन्दन कविता सङ्ग्रहमा रहेका मन छुने कविताहरूलाई साहित्यकारहरु सुमित्रा न्यौपाने, विष्णु पादुका, मिना बराल, ममता रावल, महानन्द ढकाल, नरेन्द्र जङ पिटर, प्रा डा कृष्ण प्रसाद धिमिरेलगायतले वाचन गरेका थिए ।

फाउन्डेसनका सचिव लेखप्रसाद प्याकुरेलले सञ्चालन गरेको कार्यक्रममा बोल्दै फाउन्डेसन कि अध्यक्ष जिज्ञासुले आफूले समाजमा रहेका विभिन्न विषयवस्तुहरू मध्ये विशेषगरी दुःखी गरिब शोषित पीडित र महिला हरूका विषयवस्तुहरू समेटेर गजल, मुक्तक, नीतिकथा, कथा लघुकथा र कविताको माध्यमबाट समाज रूपान्तरणको लागि सन्देश दिने ढङ्गबाट लेख्दै आएको र यो अग्निस्पन्द कविता संग्रह पनि त्यसैको निरन्तरता स्वरूप सातौं कृति भएतापनि कवितातर्फ पहिलो कृति भएकोले यसभन्दा पहिलाका कृतिहरूले जस्तै पाठकहरूको मन जित्न सफल हुने कुरामा विश्वास व्यक्त गरिन् । सहभागीहरुलाई फाउण्डेसनका उपाध्यक्ष ऋषिराम सापकोटाले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ९ : ४९ बजे

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा